खेल क्षेत्रको राजनीतिकरण अन्त्य गरिन्छ, विज्ञलाई जिम्मेवारी दिइन्छ : मन्त्री पोखरेल

खेल क्षेत्रको राजनीतिकरण अन्त्य गरिन्छ, विज्ञलाई जिम्मेवारी दिइन्छ : मन्त्री पोखरेल
फाइल फोटो
सुन्नुहोस्

काठमाडौं : नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने बताएका छन् । 

शुक्रबार शितल निवासमा शपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको भन्दै मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएर अघि बढ्ने बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकामा लागू गरिएका शिक्षा क्षेत्रका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको सुनाए । 

त्यस्तै उहाले विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने र शिक्षकको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाइने धारणा राखे । मन्त्री पोखरेलले खेल क्षेत्रको दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताए ।  त्यसैगरी उनले खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्ने उद्घोष गरे । विज्ञ र अनुभवी व्यक्तिलाई खेल क्षेत्रको जिम्मेवारी दिइने उनको भनाइ छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.