दशौं ‘पीएम कप’ एनभीए भलिबल वैशाख १० देखि
काठमाडौं : दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग वैशाख १० गतेदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुने प्रतियोगिता वैशाख १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ वटा टोलीले सहभागिता जनाउने छन् । पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, खिल्जी युवा क्लब, रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश र बुढानीलकण्ठ क्लबले सहभागिता जनाउने छन् ।
महिलातर्फ न्यु डाइमण्ड क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, र एभरेस्ट भलिबल क्लबले सहभागिता जनाउने छन् । प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको प्रथम पुरस्कार १० लाख रहेको छ । उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख हजार पाउने छन् ।
प्रतिक्रिया दिनुहोस !