आइपीएल–२०२६ को संस्करण आजबाट, उद्घाटन खेलमा आरसीबी र सनराइजर्स भिड्दै

आइपीएल–२०२६ को संस्करण आजबाट, उद्घाटन खेलमा आरसीबी र सनराइजर्स भिड्दै
सुन्नुहोस्

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) को २०२६ को संस्करण आजदेखि सुरु हुँदैछ । उद्घाटन खेल साविक विजेता रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी) र  सनराइजर्स हैदराबादबीच हुँदैछ । 

यी दुई टोलीको खेल नेपाली समयअनुसार ७ः४५ देखि ब्याङ्गलोरको एम चिन्नस्वामी क्रिकेट स्टेडियममा हुनेछ । आजको खेलमा हैदराबादका लागि कप्तानको भूमिकामा इशान किसन रहने छन् । कप्तान प्याट कमिन्स ढाडको चोटका कारण केही खेल गुमाउने भएपछि किसनले टिमको कप्तानी गर्ने मौका पाएका हुन् । आरसीबीका लागि भने रजत पार्टीदारले नै कप्तानको भूमिका निर्वाह गर्नेछन् । 

null

१९ औं संस्करणको आइपीएल २०२६ मार्च २८ बाट मे ३१ सम्म चल्नेछ । आइपीएलमा १० वटा टोलीले डबल राउन्ड रोबिन फर्म्याटमा खेल्ने छन् । यसका आधारमा लिगमा जम्मा ७० खेल हुनेछन् । यी खेलहरू १३ वटा भेन्युमा हुनेछन् । पहिलो चरणमा मार्च २८ देखि अप्रिल ११ सम्म २० वटा खेल खेलाइनेछ । त्यसपछि दोस्रो चरणमा अप्रिल १३ देखि मे २४ सम्म ५० वटा लिगका खेलहरु आयोजना हुनेछन् ।

यी खेलहरूमध्ये लिगका खेलहरू आठ वटा डबल हेडर खेलहरू रहेका छन् भने अन्य खेलहरू सिङ्गल हेडरमा खेलाइने छन् । दुई दुई वटा खेल भएको खण्डमा पहिलो खेल ३ः४५ मा सुरु हुनेछ भने दोस्रो खेल साँझ ७ः४५ बाट सुरु हुनेछ । 

आइपीएल २०२६ का १० टिमका कप्तान र प्रशिक्षकहरूः
१. चेन्नाई सुपर किङ्स 
कप्तान : ऋतुराज गाइकवार्ड
प्रशिक्षक : स्टेफन फेल्मिङ

२.दिल्ली क्यापिटल्स्
कप्तान : अक्षर पटेल 
प्रशिक्षक : हेमाङ बडानी 

३. गुजरात टाइटन्स्
कप्तान : शुभमन गिल 
प्रशिक्षक : आशिष नेहेरा 

४. कोलकाता नाइट राइडर्स 
कप्तान : अजिन्क्य रहणे
प्रशिक्षक : अभिषेक नायर 

५. लखनउ सुपर जायन्ट्स
कप्तान : ऋषभ पन्त 
प्रशिक्षक : जस्टिन ल्यान्ङगर

६. मुम्बई इन्डियन्स
कप्तान : हार्दिक पाण्ड्या
प्रशिक्षक : महेला जयवर्धने

७. पन्जाब किङ्स 
कप्तान : श्रेयस अय्यर
प्रशिक्षक : रिक्की पोन्टिङ

८. राजस्थान रोयल्स्

कप्तान : रियान पराग 
प्रशिक्षक : कुमार संगाकारा

९. रोयल च्यालेन्जर्स ब्याङ्गलोर

कप्तान : रजत पाटीदार
प्रशिक्षक : एन्डी फ्लावर

१०. सनराइजर्स हैदराबाद 
कप्तान : इशान किसन- प्याट कमिन्स 
प्रशिक्षक : डेनियल वेटोरी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.