अमेरिकाका अधिकांश शहरमा ट्रम्पविरुद्ध विशाल प्रदर्शन

अमेरिकाका अधिकांश शहरमा ट्रम्पविरुद्ध विशाल प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका अधिकांश शहरहरुमा विशाल विरोध प्रदर्शन गरिएको छ । अमेरिकाका अधिकांश शहरहरुमा शनिबार ट्रम्प प्रशासनविरुद्ध प्रदर्शन भएका हुन् । यो ‘नो किङ्स’ र्‍यालीको तेस्रो चरण भएको बताइएको छ । यसअघि पनि लाखौं मानिसको विरोध प्रदर्शन भइसकेको छ । 

विरोध प्रदर्शनका आयोजकहरुले राष्ट्रपतिको नीतिहरुको विरोध गरेका छन् । उनीहरुले इरानसँगको युद्ध, संघीय आप्रवासन (इमिग्रेसन) कारबाही र बढ्दो महँगीका विषयहरु उठाएका छन् । अमेरिकाका सबै ५० राज्यका ६०० बढी स्थानमा प्रदर्शनको योजना बनाइएको थियो ।

शनिबार न्यूयोर्क, वाशिङ्टन डीसी र लस एन्जलसलगायतका धेरै शहरहरूमा प्रदर्शन भएका थिए । शनिबार दिनभरि अमेरिकाका प्रायः सबै ठूला शहरहरूमा प्रदर्शन भए, जसमा न्यूयोर्क, वाशिङ्टन डीसी र लस एन्जलस प्रमुख थिए । ‘नो किङ्स’ प्रदर्शनको सुरुआत गत वर्ष जुनमा ट्रम्पको जन्मदिनका अवसरमा भएको थियो, जसमा अनुमानित २ देखि ३ लाख मानिसहरूले विभिन्न विरोध प्रदर्शनहरूमा भाग लिएका थिए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.