‘होर्मुज’ बन्द हुँदा विश्व आपूर्ति प्रणालीमा परिरहेका छन् यस्ता प्रभाव
काठमाडौं : इरानले समुन्द्र मार्ग ‘होर्मुज जलडमरूमध्य’ बन्द गर्दा विश्व आपूर्ति प्रणालीमा ठूलो असर परिरहेको छ । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण तेल र ग्यास आपूर्ति अवरुद्ध हुँदा विश्वभर ऊर्जा मूल्य तीव्र रूपमा बढेको छ ।
पेट्रोलको मूल्य बढिसकेको छ भने बेलायतमा घरायसी खर्च पनि बढ्ने लगभग निश्चित छ । यसको असर केवल इन्धनमा सीमित छैन खाना, औषधि, प्रविधि सामग्रीसम्म यसको प्रभाव देखिन थालेको छ ।
कुन–कुन क्षेत्रमा पर्छ असर ?
तेल र ग्यासबाट बन्ने पेट्रोकेमिकल्सबाट खाद्य (मल) उत्पादन गरिन्छ, जुन कृषि उत्पादनका लागि अत्यन्तै आवश्यक हुन्छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको झण्डै एक–तिहाइ मल (युरिया, पोटास, अमोनिया, फोस्फेट) यही मार्गबाट जान्छ ।
द्वन्द्वपछि
मल आपूर्ति लगभग ठप्प
बाली लगाउने समयमै अभाव
उत्पादन घट्ने जोखिम
अनुमान
गहुँको मूल्य करिब ४.२ पैतिशत बढ्न सक्छ
फलफूल-तरकारी ५.२ प्रतिशत महँगो हुन सक्छ
सबैभन्दा प्रभावित देशहरू
जाम्बिया (३१ प्रतिशत)
श्रीलंका (१५ प्रतिशत)
ताइवान (१२ प्रतिशत)
पाकिस्तान (११ प्रतिशत)
२. हिलियम (माइक्रोचिप र अस्पताल)
कतार बाट आउने विश्वको करिब एक–तिहाइ हिलियम यही मार्ग हुँदै जान्छ ।
हिलियम प्रयोग हुन्छ माइक्रोचिप (स्मार्टफोन, कम्प्युटर), डेटा सेन्टर, एमआरआइ मेसिन (अस्पताल)मा प्रयोग हुन्छ ।
कतारको रास लाफान प्लान्ट बन्द भएपछि
आपूर्ति संकट
मूल्य बढ्ने जोखिम
स्मार्टफोन र प्रविधि महँगो हुने सम्भावना
एमआरआइ परीक्षण खर्च बढ्न सक्छ
३. औषधि (पेट्रोकेमिकल्स)
मेथनोल र एथिलिनजस्ता पदार्थ एन्टिबायोटिक, पेनकिलर। सुई बनाउन प्रयोग हुन्छ ।
गल्फ को–अपरेशन काउन्सिल देशहरू (साउदी अरब, कतार, यूएई आदि) यी उत्पादनका प्रमुख स्रोत हुन् ।
समस्या
आपूर्ति अवरुद्ध
औषधि उत्पादन प्रभावित
मूल्य वृद्धि सम्भावना
विशेषः भारत विश्वकै ठूलो जेनेरिक औषधि निर्यातकर्ता भएकाले यसको असर विश्वभर पर्न सक्छ ।
४. सल्फर (धातु र ब्याट्री)
सल्फर मल उत्पादन, धातु प्रशोधन (तामा, कोबाल्ट, निकल), लिथियम निकाल्न प्रयोग हुन्छ ।
यी सबै ब्याट्री उत्पादनका लागि आवश्यक पर्छ । यस्तै इलेक्ट्रिक सवारी, मोबाइल, ड्रोनमा प्रयोग हुन्छ । यदि यसको आपूर्ति रोकियो भने ब्याट्री महँगो, इलेक्ट्रोनिक सामानको मूल्य वृद्धि हुने हुन्छ ।
प्रतिक्रिया दिनुहोस !