आफ्नो टिम बनाउँदै प्रधानमन्त्री बालेन
काठमाडौं : प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आफ्नो सल्लाहकार समिति बनाएका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरेको हो ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् । सरकारीतर्फबाट स्वकीय सचिवमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । परियार यसअघि बालेन (बालेन्द्र) शाह काठमाडौं महानगरको मेयर रहँदा पनि काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !