आइआरजीसीले अमेरिका र इजरायललाई दियो समय तोकेरै यस्तो चेतावनी

आइआरजीसीले अमेरिका र इजरायललाई दियो समय तोकेरै यस्तो चेतावनी
सुन्नुहोस्

इरान : इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कार्प्स (आईआरजीसी) ले मध्यपूर्व क्षेत्रमा रहेका इजरायली र अमेरिकी विश्वविद्यालयहरूलाई निशाना बनाउने धम्की दिएको छ । आइआरजीसीले तेहरानस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएको आक्रमणपछि यस्तो चेतावनी दिएको हो ।

आईआरजीसीले भनेको छ, ‘इरानी विश्व विद्यालयहरूमा भएका आक्रमणको बदला नलिएसम्म क्षेत्रभरिका विश्वविद्यालयहरू ‘वैध निशाना’ मानिने छन्।’ आइआरजीसीले चेतावनी दिँदै भनेको छ, ‘अमेरिकी विश्वविद्यालयका सबै कर्मचारी, प्राध्यापक, विद्यार्थी तथा आसपास बस्ने व्यक्तिहरूले सुरक्षाका लागि ती विश्वविद्यालयहरूबाट कम्तीमा एक किलोमिटर टाढा रहनुहोस् ।’

यसका लागि मंगलबार दिउँसो १२ः०० बजेसम्मको समय सीमा तोकिएको छ । इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बागेइले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी (मध्य इरान) र तेहरानको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा भएका आक्रमणको निन्दा गरेका छन् ।

उनले अमेरिका र इजरायलले ‘विश्वविद्यालय, अनुसन्धान केन्द्र, ऐतिहासिक सम्पदा र प्रमुख वैज्ञानिकहरूलाई लक्षित गरेर देशको वैज्ञानिक आधार र सांस्कृतिक सम्पदालाई कमजोर पार्ने प्रयास गरिरहेको’ आरोप लगाएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.