तलब निकासा माग गर्दै लहानका शिक्षकहरु आन्दोलित

तलब निकासा माग गर्दै लहानका शिक्षकहरु आन्दोलित
सुन्नुहोस्

सिरहा : तलबसहित रकम निकासा माग गर्दै लहान नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । उनीहरुले आज ईलाका प्रशासन कार्यालय लहानमार्फत प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादले नगरपालिकाको खाता मन्त्रालयले रोक्का गरेपछि  उनीहरुसहित कर्मचारीहरुले पनि पुस महिनादेखि तलब समेत पाउन सकेका छैन । ३ दिनभित्र माग सम्बोधन नभए चरणबद्ध रुपमा थप आन्दोलन गर्ने प्रअ नारायण प्रसाद साहले ज्ञापनपत्र बुझाउँदै बताए।

उनका अनुसार तलब भत्ता, पाठ्यपुस्तक, छात्रवृत्ति, ननसेलरी, दिवाखाजा, विद्यालय व्यवस्थापन अनुदान, संघीय अनुदान र स्वयंसेवक शिक्षकहरु तलब नपाउँदा आउँदो शैक्षिक सत्र नै प्रभावित हुने देखिएको छ ।  तलब रोकिँदा जीविका धान्न, छोराछोरीको शुल्क र बैंकको ऋणको ब्याज तिर्न समेत समस्या भईरहेको उनले सुनाए । केही दिनअघि नगरपालिकाका कर्मचारीहरुले पनि खाता सञ्चालनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । यहाँ प्रमुख प्रशासकीय अधिकृत जयकान्त झा छन् ।

झालाई केही दिन अगाडि मन्त्रालयले सरुवा गरेर खिम भुजेललाई पठाएको थियो । अनिवार्य अवकास हुन ६ महिना भन्दा कम भएकोले सरुवा नियम संगत नभएको भन्दै झाले सामान्य मन्त्रालयलाई विपक्षी बनाएर प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए । प्रशासकीय अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न निर्णय गरेका छन् ।  

प्रशासकीय अदालतले निर्णय गरेपनि मन्त्रालयले नगरपालिकाको खाता रोक्का फुकुवा गरेको छैन् । फुकुवा नहुँदा नगरपालिकाको आर्थिक कारोबार ठप्प जस्तै छ । झालाई मन्त्रालयले मंसिर २१ गते निर्णय गरेर पुस २० गते सरुवा गरेका थिए । त्यसपछि माघ २९ गते अधिकृत झाले प्रशासकीय अदालत मुद्दा दर्ता गरेका थिए ।

नगरपालिकाको स्रोतका अनुसार नगर उपप्रमुख राम चलितर महतोले अधिकृत झालाई सरुवा गराउन तत्कालीन मन्त्रीलाई रास्वपाका नेताहरुबाट भनसुन गर्न लगाएका थिए । उपमेयर महतोले आफ्नो ‘इन्ट्रेस्ट’ हाकिम ल्याउन कसरत गरिरहेका छन् । उनी जसपाबाट गत स्थानीय तहमा उपमेयर चुनाव जितेका थिए । गत फागुनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

प्रशासकीय अधिकृतको झमेलाले गर्दा नगरपालिका दैनिक काम गर्न समस्या भईरहेको नगर प्रमुख महेश चौधरीले सुनाए । ‘यहाँका खाता रोक्का राख्नुपर्ने कुनै कारण छैन तर, राजनीति पूर्वाग्रह र दबाबले विवाद खडा गराइएको छ,’ उनले भने,  ‘मन्त्रालयले चाँडै यो समस्या समाधान गर्दा विकास निर्माण लगायतका कार्य अगाडि बढ्ने छ ।’ आर्थिक वर्ष सुरु भईसकेको र सम्पन्न नहुँदै प्रशासकीय अधिकृत फेरि दिनु उचित नभएको उनले बताए ।

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.