एमालेले गर्यो मुगुमा विरोध प्रदर्शन
मुगु : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको घटनाको विरोध गर्दै मुगुमा आइतबार विरोध प्रदर्शन भएको छ।
अध्यक्ष ओली र नेता लेखक पक्राउ परेलगत्तै देशव्यापी रूपमा आन्दोलनमा उत्रिएको एमालेले सोही कार्यक्रमअन्तर्गत मुगुमा पनि विरोध र्याली निकालेको हो। पार्टी कार्यालयबाट सुरु भएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालय पुगी कृष्णाचौक कोण सभामा परिणत भएको थियो।
विरोध प्रदर्शनमा सहभागी एमाले मुगुका अध्यक्ष पूर्ण बहादुर रोकाया केन्द्रीय सदस्य दानसिंह परियार सहितको पदाधिकारी टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी दिवाकर मिश्रमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्रमा अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरिएको छ। साथै, पूर्वाग्रहपूर्ण जाँचबुझ आयोगको प्रतिवेदन खारेज गरी भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।
प्रतिक्रिया दिनुहोस !