मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारको माग, मन्त्रीद्वारा ‘नोकिया’ उपहार अस्वीकार

मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारको माग, मन्त्रीद्वारा ‘नोकिया’ उपहार अस्वीकार

मुगु : जिल्ला सदरमुकामलगायत चारै स्थानीय निकायमा प्रभावकारी इन्टरनेट तथा मोबाइल सेवा अझै विस्तार हुन नसकेको भन्दै काठमाडौंमा बस्दै आएका युवाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबा गएको मुगुका युवा टोलीले सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमल्सिनासँग भेट गरी जिल्लाको वास्तविक अवस्था, भौगोलिक चुनौती र समाधानका उपायसहित ज्ञापनपत्र बुझाएको हो ।

सञ्चारमन्त्री तिमल्सिनालाई भेट्न पुगेका युवाहरूले मुगुमा रहेका २४ वटा टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र फोरजी सेवा सञ्चालनमा रहेको जानकारी गराए । बाँकी क्षेत्रमा अझै टुजी वा कमजोर नेटवर्कमै मुगुका नागरिकहरुले सेवा लिन बाध्य छन् । जिल्लाका ४५ वडामध्ये करिब ३० वडामा मात्र सीमित कभरेज पुगेको छ भने प्रभावकारी इन्टरनेट पहुँच ५ प्रतिशतभन्दा कम रहेको उल्लेख गरिएको छ ।

६४ हजार बढी जनसंख्या रहेको जिल्लामा इन्टरनेट प्रयोगकर्ता अत्यन्त न्यून रहेको र अधिकांश नागरिक अझै डिजिटल सेवाबाट वञ्चित छन् । ज्ञापनपत्रमा मुगुका करिब ९५ प्रतिशत नागरिक भरपर्दो इन्टरनेट सेवाबाट वञ्चित रहेको, गाउँस्तरसम्म सरकारी सूचना प्रभावकारी रूपमा नपुगेको तथा फोरजी सेवा विस्तारमा कर्णाली प्रदेशलाई पर्याप्त प्राथमिकता नदिएको  सञ्चारमन्त्रीलाई  भेट्न पुगेका मुगुका आशिष देवकोटाले बताएका छन् ।

कमजोर दूरसञ्चार सेवाकै कारण जिल्लाका करिब ६० प्रतिशत नागरिक गाउँबाट शहरतर्फ बसाइँसराइ गर्न बाध्य भएको उल्लेख गर्दै तत्काल सुधारको माग गरिएको छ । कतिपय स्थानमा मोबाइल सिग्नल पाउन डाँडामा पुग्नुपर्ने बाध्यता अझै कायम रहेको उनीहरूको भनाइ छ । भेटका क्रममा युवाहरूले दुर्गम क्षेत्रको अवस्थाको प्रतीकका रूपमा पुरानो ‘नोकिया’ मोबाइल फोन मन्त्रीलाई उपहार दिन खोजेका थिए । तर मन्त्री तिमल्सिनाले उक्त उपहार अस्वीकार गरेका थिए ।

यस घटनाले दुर्गम क्षेत्रमा विद्यमान डिजिटल विभेदप्रति युवाहरूको असन्तुष्टि थप उजागर गरेको छ । युवाहरूले मुगुको अवस्थालाई अन्तर्राष्ट्रिय सन्दर्भसँग तुलना गर्दै राज्यले कर्णाली क्षेत्रलाई निरन्तर उपेक्षा गरेको आरोप लगाएका छन् । साथै आगामी नीति तथा कार्यक्रमहरूमा मुगु लगायतका दुर्गम जिल्लालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

जवाफमा मन्त्री तिमल्सिनाले हाल देशभर करिब १ हजार २ वटा टेलिकम टावरमार्फत फोरजी सेवा सञ्चालनमा रहेको र थप ३ हजार टावर निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिए । कर्णाली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सेवा विस्तार गरिने उनले प्रतिबद्धता व्यक्त गरे । देशभर गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्न ६ महिनाभित्र ठोस प्रगति देखिने उनको दाबी छ ।

यसैबीच, मन्त्रीसँगको भेटका क्रममा भिडियो तथा फोटो खिच्न रोक लगाइएको विषयले केहीबेर तनाव सिर्जना भएको पनि बताइएको छ । यसअघि पनि विभिन्न मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाइसकेका मुगाली युवाहरूले अब योजना मात्र होइन, शीघ्र कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । उनीहरूले सबै वडामा फोरजी सेवा विस्तार, टावर स्तरोन्नति तथा दुर्गम क्षेत्रका लागि विशेष बजेट व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मुगु जिल्लाका सोरु, मुगुम कार्मारोङ, खत्याड गाउँपालिका तथा छायाँनाथ–रारा नगरपालिकामा दूरसञ्चार सेवा अझै कमजोर रहेको भन्दै स्थानीयवासीले शीघ्र सुधारको अपेक्षा गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.