बारामा मोटरसाइकल ठोक्किँदा दुई चालकको मृत्यु

बारामा मोटरसाइकल ठोक्किँदा दुई चालकको मृत्यु

सिमरा : बाराको निजगढमा बुधबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुंगाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकस्थित एलएस न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल लगिए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछानेले जानकारी दिए ।

सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.०२–०४२प ९८२४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट गुडिरहेको बागमती प्र.०३–००४प ३६६१ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।  श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल र ढुंगानाले ९८२४ नम्बरको मोटरसाइकल चलाईरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना भएको दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.