संसद् अधिवेशन आजबाट, सभामुख निर्वाचन चैत २२

संसद् अधिवेशन आजबाट, सभामुख निर्वाचन चैत २२

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार २ बजे नयाँ संसद् भवन सिंहदरबारमा बस्ने गरी दुवै सदनको बैठक आह्वान गरेका थिए। जेन–जी आन्दोलनपछि निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने छन्।

बुधबार बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति तय गरेको छ। चैत २० गते सभामुख पदका लागि उम्मेदवार मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने तय भएको रास्वपा महामन्त्री कबीन्द्र बुर्लाकोटीले जानकारी दिए। संसद् सचिवालयले पहिलो बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ। 

बिहीबारको बैठकमा सभामुख निर्वाचनको दिन तोक्ने कार्यसूचीमा उल्लेख छ। नयाँ नियमावली नबनेसम्म पुरानै नियमावलीअनुसार बैठक सञ्चालन गर्ने, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नाम तोक्ने र तीनवटा अध्यादेश पेस हुने कार्यसूचीमा उल्लेख छ। 

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले धारणा राख्ने तथा संविधानसभाका पूर्वसदस्य र विभिन्न सांसदहरूको निधनमा शोक प्रस्ताव पेस गरिने कार्यसूचीमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.