ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक कारोबारी पक्राउ

ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक कारोबारी पक्राउ
सुन्नुहोस्

सुनसरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही चोकबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा कोशी गाउँपालिका–२ निवासी २५ वर्षीय संजयकुमार यादवलाई १६ हजार ८ सय क्याप्सुल लागू औषधसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताएका छन् ।

अबैध रुपमा भारतबाट लागू औषध खरिद गरी नेपालतर्फ आउँदै गरेका यादवलाई शंकास्पद रुपमा देखिएपछि  चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध फेला परेको एसपी थेबेले बताए । पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय लौकहीमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनी लागू औषध तस्करी सञ्जालसँग आबद्ध रहेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले यस घटनालाई संगठित अपराधसँग जोडेर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

एसपी थेबेले नेपाल–भारत खुला सीमानाका कारण लागू औषध तस्करी चुनौतीपूर्ण बन्दै गएको बताए । उनका अनुसार सीमावर्ती क्षेत्र हुँदै ठूलो मात्रामा लागू औषध नेपाल भित्र्याउने र बजारमा बिक्री वितरण गर्ने प्रवृत्ति बढ्दै गएको छ । एसपी थेबेले अबैध लागू औषध कारोबार नियन्त्रणका लागि जिल्लाभर चौबिसै घण्टा प्रहरी परिचालन गरी निगरानी कडा पारिएको जानकारी दिए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.