गण्डकीले कोशीलाई दियो २२८ रनको लक्ष्य
वीरगन्ज : अर्जुन कुमालको शतक प्रेरित गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीलाई २२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । वीरगन्जस्थित नारायणी मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा सात विकेट गुमाउँदै २२७ रन बनाएको हो ।
६० रनको स्थितिमा ६ विकेट गुमाएको गण्डकीलाई सम्हाल्दै ओपनर अर्जुन कुमालले शानदार शतक प्रहार गरे । निर्धारित ५० ओभरको अन्तिम बलमा रनआउट भएका अर्जुनले १४१ बलको सामना गर्दै १०२ रन जोडे ।
अर्जुनलाई कप्तान विपिन खत्रीले साथ दिए। विपिनले ८६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७६ रन बनाए । अर्जुन र विपिनले १७६ रनको साझेदारी गरे । कोशीविरुद्ध खराब सुरुवात गरेको गण्डकीका ओपनर गौरव विक शून्यमै पेभेलियन फर्किदा किब्रीन श्रेष्ठ र दिनेश बुढामगरले एक÷एक बनाएका थिए । दीपक डुम्रेले १५ रन र मुस्कान थापा १० रन जोडेर आउट हुँदा गण्डकी दवावमा परेको थियो ।
गण्डकीको सुरुवाती ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कोशीका दिपेश कंडेलले चार विकेट लिए । १० ओभर बलिङ गरेका दिपेशले ३ मेडनसहित १८ रन खर्चिएर चार विकेट लिएका हुन् । राकेश साह र सुजन थपलियाले एक÷एक विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस !