प्रधानमन्त्री कप क्रिकेट : गण्डकी ३९ रनले बिजयी

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी ३९ रनले बिजयी

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३९ रनले हराएको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा २२७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कोशीलाई १८८ रनमा रोक्दै गण्डकीले जित हात पारेको हो ।

कोशीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन मात्रै जोड्न सक्यो । कोशीका दिपेश कंडेलले अर्धशतक बनाएपनी हार टार्न सकेनन् । दिपेशले ७३ बलमा ५२ रन जोडे । यसैगरी आशिष मगरले ३०, सुमन श्रेष्ठले २०, सकिब हकले १७, शिवांश बजगाईंले १५ रन बनाए ।

गण्डकीका किब्रीन श्रेष्ठले तीन विकेट लिँदा अप्राजित पौडेल र सुवास भण्डारीले दुई-दुई विकेट हात पारे । कप्तान विपिन खत्री र कमल परियारले एक-एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा सात विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।

६० रनको स्थितिमा ६ विकेट गुमाएको गण्डकीलाई सम्हाल्दै ओपनर अर्जुन कुमालले शानदार शतक प्रहार गरेर बलियो योगफल बनाएका थिए । निर्धारित ५० ओभरको अन्तिम बलमा रनआउट भएका अर्जुनले १४१ बलको सामना गर्दै १०२ रन जोडे ।

प्लेयर अफ दि म्याच अर्जुनसंग १७६ रनको साझेदारी गरेका विपिन खत्रीले अर्धशतक प्रहार गरे । विपिनले ८६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ७६ रन बनाए । कोशीविरुद्ध खराब सुरुवात गरेको गण्डकीका ओपनर गौरव विक शून्यमै पेभेलियन फर्किदा किब्रीन श्रेष्ठ र दिनेश बुढामगरले समान एक रनमै आउट भए । दीपक डुम्रेले १५ रन र मुस्कान थापा १० रन जोडेर आउट हुँदा गण्डकी दवावमा परेको थियो ।

गण्डकीको सुरुवाती ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कोशीका दिपेश कंडेलले चार विकेट लिए । १० ओभर बलिङ गरेका दिपेशले तीन मेडन सहित १८ रन खर्चिएर चार विकेट लिएका हुन् । राकेश साह र सुजन थपलियाले एक-एक विकेट हात पारे । जितसँगै गण्डकी पाँच अंकसहित तालिकाको सातौं स्थानमा छ भने लगातार पराजित भएको कोशी एक अंकसहित तालिकाको पुछारमा छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.