प्रधानमन्त्री कप क्रिकेट : पुलिसले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ब्याटिङको निम्तो दिएको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर पुलिसले फिल्डिङ रोजेको हो ।
लुम्बिनीका कप्तान देव खनाल र रन्जित खड्का ओपनिङ ब्याटिङका लागि मैदानमा आएका छन् । लुम्बिनीले पाँच ओभरमा १९ रन जोडेको छ । जारी प्रतियोगितामा दुवै टिमको यो छैठौं खेल हो । पुलिस सात अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने लुम्बिनी पाँच अंकसहित पाँचौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस !