पुलिसविरुद्ध लुम्बिनीका रञ्जितको शानदार शतक
वीरगन्ज : लुम्बिनी प्रदेशका ओपनर ब्याट्सम्यान रञ्जित खड्काले नेपाल पुलिस क्लबविरुद्ध आइतबार शानदार शतक प्रहार गरेका छन् । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा रञ्जितले पुलिसविरुद्ध १२८ रन बनाए ।
टस हारेर ब्याटिङ गर्न आएको लुम्बिनीका लागि ओपनिङ ब्याटिङ गरेका रञ्जितले १२८ बलको सामना गर्दै १३ चौका र तीन छक्का प्रहार गरे । रञ्जितको शतक प्रेरित लुम्बिनीले पुलिसलाई २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३६, दर्श सोनारले ३३, सन्तोष यादवले १५ र कप्तान देव खनालले १४ रन बनाए ।
पुलिसका ललित राजवंशीले तीन विकेट लिए भने रासिद खान र दिनेश खरेलले समान दुई / दुई विकेट हात पारे । यसैगरी करण केशी, आरिफ शेख र दिपक सेरालाले एक / एक विकेट लिए ।
लुम्बिनीले दिएको लक्ष्य पछ्याउन पुलिस क्लब मैदानमा उत्रिएको छ । पुलिसले चार ओभरमा एक विकेटट गुमाएर २५ रन जोडेको छ । पुलिसका ओपनर शंकर राना १२ रनमा आउट भएका छन् । पुलिसका दिनेश खरेल र अमित श्रेष्ठ क्रिजमा छन् ।
प्रतिक्रिया दिनुहोस !