सुदूरपश्चिमका हेमन्तले लिए ह्याट्रिकसहित सात विकेट, बागमतीको लज्जास्पद हार

सुदूरपश्चिमका हेमन्तले लिए ह्याट्रिकसहित सात विकेट, बागमतीको लज्जास्पद हार
सुन्नुहोस्

वीरगन्ज : सुदूरपश्चिमका तीव्र गतिका बलर हेमन्त धामीले ह्याट्रिकसहित सात विकेट लिँदा बागमती प्रदेशले लज्जास्पद हार व्यहोरेको छ । जनकपुरधामस्थित रामजानकी मैदानमा २१० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बागमतीविरुद्ध आक्रामक बलिङ गर्दै हेमन्तले सात विकेट लिएका हुन् ।

बागमतीको ब्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा हेमन्तले आफ्नो तेस्रो ओभरमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनले तेस्रो ओभरको अन्तिम तीन बलमा आशुतोष घिरैया, पवन थापा र इशान पाण्डेको विकेट लिए ।

लगातार तीन गुमाएपछि दवावमा परेको बागमतीविरुद्ध हेमन्तले थप चार विकेट चट्काए । प्लेयर अफ दि म्याच धामीले विवेक मगर, रिजन ढकाल, प्रतिश जिसी, सन्दीप लामिछानेलाई पेभेलियन फर्काए । ६ ओभर बलिङ गरेका धामीले १४ रन खर्चिए ।

यससँगै धामी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । धामीले ६ इनिङमा २१ विकेट लिएका छन् । यसैगरी सुदूरपश्चिमका कप्तान शेर मल्लले तीन विकेट लिएका छन् । ३.२ ओभर बलिङ गरेका मल्लले दुई रन खर्चिएर सचिन लेखक, शुभ कंसकार र उत्तम मगरको विकेट हात पार्दा सुदूरपश्चिमले १६३ रनको फराकिलो जित हात पार्यो । बागमतीले ४६ रनमै समेटियो ।

बागमतीका लागि शुभ कंसकारले ३२ रन जोड्दा अन्य ब्याटरले दोहोरो संख्यामा रन जोड्न सकेनन् । यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा सबै विकेट गुमाएर २०९ रन जोडेको थियो । सुदूरपश्चिमका नारायण जोशीले अर्धशतक प्रहार गरेका थिए । जोशीले ६८ बलमा ७५ रन जोडे । यसैगरी दिपक बोहोराले ४०, अभिषेक पालले ३९ र अशोक धामीले १७ रन बनाए ।

बागमतीका सन्दीप लामिछाने र प्रतिश जिसीले समान चार / चार विकेट लिए भने रिजन ढकाल र सोनु देवकोटाले एक / एक विकेट हात पारे । जितसँगै सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ६ खेलमा पाँच जितसहित १० अंक जोडेको छ । समान खेल खेलेको बागमती भने चार अंकसहित आठौं स्थानमा छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.