प्रधानमन्त्री कप क्रिकेटः कर्णालीविरुद्ध आर्मीको खराब सुरुवात
वीरगन्ज : त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आर्मीले दुवै ओपनरसहित तीन विकेट गुमाएको छ ।
आर्मीका कप्तान विनोद भण्डारी ९, तृतराज दास शून्य र कुशल मल्ल एक रन बनाएर आउट भएका छन् । रनको खाता नखुल्दै दिनेश अधिकारीले ओपनर तृतराजलाई पेभेलियन फर्काएका थिए । यसैगरी कप्तान भण्डारी ११ रनको स्थिती आउट भए ।
लगातार विकेट गएपछि मैदानमा आएका कुशल मल्ल समेत टिकेनन् । एक रन बनाएका कुशललाई दिनेश अधिकारीले आउट गरे । अहिले आर्मीका भीम सार्की र अर्जुन साउद ब्याटिङ गरिरहेका छन् । आर्मीले ६ ओभरमा तीन विकेट गुमाएर २६ रन जोडेको छ ।
जारी प्रतियोगितामा आर्मी ९ अंकसहित दोस्रो र कर्णाली तीन अंकसहित नवौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस !