विनोदको शतकमा आर्मी बिजयी

विनोदको शतकमा आर्मी बिजयी
सुन्नुहोस्

वीरगन्ज : त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।
जनकपुरस्थित रामजानकी मैदानमा सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य २०.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दै आर्मीले अपराजित यात्रा कायम राखेको हो ।

आर्मीको जितमा कप्तान विनोद भण्डारीले शतकीय इनिङ खेले । भण्डारीले ७५ बलमा पाँच छक्का र १० चौका प्रहार गर्दै शतक बनाए । यसैगरी कुशल मल्लले अविजित २६ रन जोडे ।

सुदूरपश्चिमका शेर मल्ले दुई र मिलन बोहोराले एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ३८.१ ओभरमा सबै विकेट गुमाएर १५० रन जोडेको थियो । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ६३ रन बनाए । यसैगरी अभिषेक पालले २४, खडक बोहोराले १३ र अशोक धामीले ११ रन जोडे । सुदूरपश्चिमका अन्य ब्याटर चलेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा आर्मीका बसिर अहमदले पाँच विकेट लिए । यसैगरी साहब आलम र नरेन साउदले दुई÷दुई विकेट लिँदा आकाश चन्दले एक विकेट लिए । जितसँगै आर्मीले तालिकाको शीर्ष स्थानमा कायम राखेको छ । आमीले सात खेलबाट १३ अंक बटुलेको छ । यसैगरी १० अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा कायम छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.