ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित युवक पक्राउ

ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित युवक पक्राउ
सुन्नुहोस्

सुनसरी : नेपाल–भारत खुला सीमानाको कारण सुनसरीमा लागुऔषध कारोबार बढ्दै गएको छ । बिहीवार प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधनसहित एक जनालाई पक्राउ गरेको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजार क्षेत्रमा जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी रामनगर भुटाहाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर एक स्कुटर रोकी चेकजाँच गरेको थियो । भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको मे ८ प ५८७० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्रबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ५ हजार क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषधसहित स्कुटर चालक हरिनगरा गाउँपालिका–६ बस्ने २१ वर्षीय अबजल अन्सारीलाई नियन्त्रणमा लिइएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबेले पछिल्लो समय नेपाल–भारत खुला सीमानाको फाइदा उठाउँदै लागूऔषध ओसारपसार र कारोबारमा वृद्धि हुँदै गएको बताए । उनले यस्ता गतिविधि नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी कडा पारि कारोबारीहरुलाई दैनिक पक्राउ गरिरहेको बताए । प्रहरीले सीमावर्ती नाकाहरूमा नियमित चेकजाँच र विशेष अभियान सञ्चालन गर्दै लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेको एसपी थेबेको भनाई छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.