प्रधानमन्त्री कप क्रिकेट : कमजोर कोशीविरुद्ध ब्याटिङ गर्दै एपीएफ
वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले कोशीविरुद्ध ब्याटिङ सुरु गरेको छ । जनकपुरस्थित रामजानकी मैदानमा टस जित्दै कोशीले एपीएफलाई प्याटिङको निम्तो दिएको हो ।
कोशीविरुद्ध ब्याटिङ थालेको एपीएफले १० ओभरमा दुई विकेट गुमाएर ४२ रन जोडेको छ । एपीएफका दीपक बोहरा र आशिफ शेख सस्तैमा आउट भएका छन् । कोशीका विपिन महतोले एपीएफका दुवै ओपनरलाई पेभेलियन फर्काएका हुन् ।
यतिबेला एपीएफका कप्तान रोहित पौडेल र सन्दीप जोरा मैदानमा छन् । कप्तान रोहित १६ र सन्दीप १३ रन बनाएर खेलिरहेका छन् । जारी प्रतियोगितामा एपीएफ ७ अंकसहित सातौं स्थानमा छ । कोशी प्रदेश भने तालिकाको पुछारमा छ । कोशीले हालसम्म एक खेल पनि जित्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !