जय ट्रफीको आगामी संस्करणमा ६ टिमले खेल्ने
काठमाडौं : जय ट्रफी मेन्स इलिट कपमा आगामी संस्करणमा ६ टिमले खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै आगामी संस्करणबाट जय ट्रफीको दायरा फराकिलो बनाउन लागेको जानकारी दिएको हो ।
यसअघि प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टिमले जय ट्रफी खेल्ने गर्थे । अब भनेम प्रधानमन्त्री कपको शीर्ष ६ टिमले जय ट्रफीमा सहभागिता जनाउने छन् । नेपाल क्रिकेट संघको आयोजनामा हुने बहुदिवसीय एक मात्र क्रिकेट प्रतियोगिताको दायरा बढाइ प्रदेश क्रिकेट टिमलाई पनि सक्दो समेट्ने प्रयास गरिएको हो ।
जय ट्रफीको लिग चरणको खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय हुँदै आएको छ । नेपाललाई लामो फम्र्याटको क्रिकेटमा अभ्यस्त बनाउने जय ट्रफी एक मात्र प्रतियोगिता हो ।
प्रतिक्रिया दिनुहोस !