जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
सुन्नुहोस्

सुनसरी : जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई ९ बर्ष पछी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरको धरान उपमहानगरपालिका–८ बस्ने २७ वर्षीय सानु राई भनिने विश्वजित चाम्लिङ रहेका छन् । उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक आरके दाहाल नेतृत्वको टोलीले पक्राउ गरेको हो।

धरान–८ की १४ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको कसुरमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। उक्त मुद्दामा जिल्ला अदालत सुनसरीले मिति २०७३/०५/१६ गतेको फैसलामा उनलाई ११ वर्ष कैद सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेका चाम्लिङलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए। 

उनले पक्राउ परेका चाम्लिङलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा बुझाईएको बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.