गैंडाको खागसहित चार जना पक्राउ

गैंडाको खागसहित चार जना पक्राउ
सुन्नुहोस्

सुनसरी : सशस्त्र प्रहरीले गैंडाको खाग सहित चार जनालाई सुनसरीबाट पक्राउ गरेको छ। सुनसरीको बर्जु गाउँपालिका-६ स्थित बर्जुतालको पूर्वी गेटबाट करिब १५० मिटर भित्र अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्रले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको हो। 

सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीबाट खटिएको १६ जनाको टोलीले उक्त स्थानमा पुगेर निगरानी गर्दा मोटरसाइकलमा लुकाइछिपाइ राखी मोलमोलाइ गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट गैंडाको खाग एक थान  र दुई वटा मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार वन्यजन्तुजन्य वस्तुको अवैध कारोबार नियन्त्रण गर्न विशेष सूचनाका आधारमा अपरेशन सञ्चालन गरिएको थियो। पक्राउ परेकाहरूको नाम तथा ठेगाना खुलाइएको छैन।बरामद गरिएको सामग्री तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

वन्यजन्तु संरक्षण ऐनअनुसार गैंडाको खागजस्ता संरक्षित वस्तुको अवैध कारोबार गम्भीर अपराध मानिन्छ। पछिल्लो समय यस्ता घटनाहरू बढ्दै गएकोले सम्बन्धित निकायहरूले निगरानी र कारबाहीलाई थप कडाइ बनाएका छन्। डिभिजन बन कार्यालय सुनसरीका वन अधिकृत शिबनारायण मण्डलले गैंडाको खाग सहित पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको बताए । उनले सशस्त्र प्रहरीले गैंडाको खाग सहित पक्राउ परेकाहरुलाई आबश्यक कारबाहीबा लागि वन कार्यालयमा बुझाइएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.