कांग्रेस विवाद : निवर्तमान उपसभापति खड्काले राखे छुट्टै भेला
काठमाडौं :नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले आधिकारिकता पाएसँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टै भेला गरेका हुन्। उनी आफ्नो पक्षका नेताहरुसँग चरणबद्ध छलफलमा छन्।
आजपनि काठमाडौंको धुम्बाराहीमा जारी बैठकमा १४ औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरुसँग निवर्तमान उपसभापति खड्काले छलफल जारी राखेका छन्। बैठकमा प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, मीन विश्वकर्मा, रामहरि खतिवडालगायतका नेता सहभागी छन्।
शनिबार बसेको देउवा पक्षको बैठकले अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस नेता मिन विश्वकर्माले पार्टीभित्र मतभेद रहे पनि स्वतन्त्र न्यायपालिकाले गरेको फैसला स्वीकार गर्ने बताएका थिए। उनीहरुले १५ औँ महाधिवेशनमा कसरी जाने भन्ने छलफल गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !