प्रहरीले मोरङमा चलायो गोली, ब्राउन सुगरसहित एक युवक पक्राउ

प्रहरीले मोरङमा चलायो गोली, ब्राउन सुगरसहित एक युवक पक्राउ
सुन्नुहोस्

विराटनगर : लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले मोरङको रतुवामाई नगरपालिकामा सोमबार राति गोली चलाएको छ । भारतबाट लागुऔषध ल्याउँदै गरेका एक युवकलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । 

रतुवामाई–१ हटिया डाँडामा करिब राति ८:२० बजेतिर भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकललाई शंका लागेर प्रहरी टोलीले रोक्ने प्रयास गरेको थियो । तर, प्रहरी देख्नेबित्तिकै मोटरसाइकल लिएर चालक भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार हवाई फायरपछि मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ ।

गोली हानेर प्रहरीले रतुवामाई–१ सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको छ । उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको ५ पोका ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बरामद लागुऔषध प्लाष्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम रहेको एसपी कटवालले बताए । 

प्रहरीका अनुसार मियाँ लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको देखिएको छ । उनलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मियाँविरुद्ध लागुऔषध ऐनअन्तर्गत कारबाही गर्ने प्रहरीको तयारी छ । 

भारतसँगको खुला सीमाका कारण मोरङमा पछिल्लो समय लागुऔषध ओसारपसारका घटना बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको छ । एसपी कटवालले नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउँदै लागुऔषध मुक्त मोरङ अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.