खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु

खेल्ने क्रममा पोखरीमा डुबेर बालिकाको मृत्यु
सांकेतिक तस्बिर

विराटनगर : मोरङको जहदा गाउँपालिका–६ मा पोखरीमा डुबेर मंगलबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार जहदा–५ का वसन्तलाल महतोकी छोरी ८ वर्षीया आँचल महतोको मृत्यु भएको हो । खेल्ने क्रममा महतो जहदा–६ का लगनलाल मण्डलको पोखरीमा दिउँसो १ बजेतिर डुबेकी थिइन् । 

पोखरीमा डुबेर अचेत भएको अवस्थामा आफन्तले फेला पारेर उनलाई उद्धार गरी तत्काल उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याएका थिए। अस्पताल पुर्‍​​​​याउना साथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । शव कोशी अस्पतालमै छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.