सीटी सफारीको ठक्करबाट वृद्धको मृत्यु

सीटी सफारीको ठक्करबाट वृद्धको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकामा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा साइकल यात्री एक जना वृद्धको मृत्यु भएको छ। 

बुढीगंगा गाउँपालिका-७ स्थित सिसवनी क्षेत्रको भित्री सडकमा दिउँसो करिब १:३५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्र १-०२-०४ ह ०११६ नम्बरको सीटी सफारीले साइकलमा यात्रा गरिरहेका वृद्धलाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकल यात्री बुढीगंगा-७ का ६९ वर्षीय बलराम विश्वास गम्भीर रूपमा घाइते भएका थिए। 

ठक्करपछि तत्कालै उद्धार गरेर उनलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। तर, उपचार गरिरहेकै क्रममा अवस्था थप जटिल बन्दै गएका वृद्धलाई साँझ ६:१० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको मोरङ ट्राफिक प्रहरी प्रमुख, इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए। 

प्रहरीले सीटी सफारी र त्यसका चालक बुढीगंगा-६ का किरणकुमार सरदारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।  विशेषगरी भित्री सडकमा सीटी सफारी र अन्य सवारीसाधन तीव्र गतिमा चलाउने प्रवृत्तिका कारण पैदल यात्री तथा साइकल यात्रीहरू जोखिममा पर्ने गरेको स्थानीय बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.