एसी जडान गरिएको ‘तास अड्डा’मा छापा, ६ जना पक्राउ

एसी जडान गरिएको ‘तास अड्डा’मा छापा, ६ जना पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिका–९ सोमबारेस्थित खाली घरमा गोप्य रूपमा सञ्चालन हुँदै आएको तास खेल्ने अड्डामा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बुधबार राति करिब ८ बजेतिर तास खेल्दै गरेका ६ जनालाई नियन्त्रणमा लिएको बताए।  उनका कटवालका अनुसार खाली घरलाई व्यवस्थित रूपमा तास खेल्ने स्थल बनाएको पाइएको छ ।

‘एसी जडान गरेर आरामदायी वातावरण तयार पारिएको रहेछ,’ उनले भने, ‘त्यहाँ दैनिकजस्तै तास खेल्ने गरिएको पाइयो ।’ प्रहरीले तीन बुक तास, नगद ४४ हजार १६५ रुपैयाँ र भारतीय २ हजार ५०० रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.