पश्चिम बंगाल र तमिलनाडुमा कसरी भइरहेको छ मतदान ?
भारत : पश्चिम बंगालमा पहिलो चरणका १५२ सिटमा र तमिलनाडुमा सबै २३४ सिटमा मतदान जारी छ । चुनाव आयोगका अनुसार बिहान ११ बजेसम्म बंगालमा ४१.११ प्रतिशत र तमिलनाडुमा ३७.५६ प्रतिशत मतदान भएको छ । बंगालका केही क्षेत्रहरूबाट छिटपुट हिंसात्मक घटनाहरूको खबर आएका छन् भने तमिलनाडुमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
पश्चिम बंगालको मुर्शिदाबादको डोमकलमा तृणमूल कांग्रेस र सीपीएमबीच विवाद भएको छ । झारग्रामको एक मतदान केन्द्रमा बिहानै जङ्गली हात्ती पुगेपछि केही समय मतदान अवरुद्ध भएको थियो । तमिलनाडुको राजधानी चेन्नईमा सुरक्षाका सबै व्यवस्था मिलाइएको छ ।
प्रहरी कमिश्नर अभिन दिनेशले भने, ‘मैले धेरै मतदान केन्द्रहरूको भ्रमण गरें र मानिसहरूसँग कुराकानी गरें । म सबैलाई आएर मतदान गर्न आग्रह गर्छु।’ उनले थपे, ‘आज २८ हजार भन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।’
प्रतिक्रिया दिनुहोस !