ग्यासट्राइटिसबाट कसरी जोगिने

ग्यासट्राइटिसबाट कसरी जोगिने
सुन्नुहोस्

जीवनशैली तथा खानपान नै यसको प्रमुख कारण हो। धूमपान र मद्यपानका कारण पनि यो रोग लाग्छ। यसैगरी विषाक्त खानेकुरा, बासी, चिल्लो, पिरो एवं मसालेदार खानेकुरा खाँदा पनि यो रोग लाग्ने सम्भावना उत्तिकै हुन्छ। चिया, कफीको अत्यधिक सेवनले ग्यास्ट्राइटिस भएको पाइन्छ। अर्को महत्वपूर्ण कारण भनेको अत्यधिक र परामर्शबिनाको औषधि सेवन हो।

चिकित्सकको सल्लाह लिएर वा नलिई विभिन्न रोगका लागि लिने औषधिहरू जस्तै दुःखाइ कम गर्ने औषधि, एन्टिबायोटिक्स, स्टेरोइड आदिको सेवनले पनि यो रोग निम्त्याउँछ। यसैगरी मानसिक तनाव हुने अथवा निद्रामा समस्या हुने मानिसमा पनि यो समस्या देखिन्छ। सबैभन्दा महत्वपूर्ण कारण चाहिँ समयमा खाना नखानु हो। दिनभरि खाना नखाई व्रत बस्ने मानिसमा पनि यो समस्या देखिन्छ। त्यसैगरी हाम्रो पेटमा हुने संक्रमण (हेलिकोब्याक्टर पाइलोरी) ले पनि ग्यास्ट्राइटिस हुन्छ। नेपालमा ८० प्रतिशतभन्दा बढी मानिसमा यो संक्रमण भएको अनुमान छ।

लक्षण के के हुन् ?   

  •     पेटको माथिल्लो भागमा असहज हुनु।
  •     थोरै खाँदा पनि पेट अघाएको जस्तो हुनु।
  •     पेट, छाती, पोल्नु /दुख्नु।
  •     धेरै डकार आउनु।
  •     मुखमा अमिलो पानी आउनु।

वाकवाकी लाग्नु ग्यास्ट्राइटिसका लक्षण हुन्। कसैलाई धेरै भोक लाग्ने र कसैलाई खाना खान मन नलाग्ने हुनाले यो रोगले पोषणमा पनि प्रभाव पार्छ। अल्सर नै भइसकेको छ भने रगत बान्ता हुने, कालो दिसा जाने र दिसामा रगत गएर शरीरमा रक्तअल्पतासमेत निम्त्याउँछ। शरीरमा रगतको कमी हुँदा चाँडै थकान महसुस हुने, मुटुको धड्कन बढ्ने, सामान्य काम गर्दा पनि स्वाँ—स्वाँ हुन्छ। कहिलेकाहीँ ठूलो अल्सर छ भने पेट वा आन्द्रामा प्वाल पर्न सक्छ जसको समयमै शल्यक्रिया र उपचार नभए ज्यानै जान सक्छ। ग्यास्ट्राइटिसको लक्षण भएको मानिसमा खानामा अरुचि हुन्छ।  दुब्लाउँदै गएमा  जाँच गराउनुपर्छ।
जोगिन के गर्ने ?     

  •     मद्यपान तथा धूमपान नगर्ने।
  •     चिल्लो, पिरो, मसालेदार खाना नखाने।
  •     चिया/कफीको सेवन कम गर्न।
  •     तीन /चार  घण्टाको अन्तरमा खाना खाने।
  •     सफा र पौष्टिक खाना खाने।
  •     प्रशस्त मात्रामा पानी पिउने।
  •     पर्याप्त मात्रामा सुत्ने।
  •     अनावश्यक र परामर्शबिना औषधि सेवन नगर्ने।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.