विराटनगरमा हटाउन थालियो फुटपाथ अतिक्रमण
विराटनगर : विराटनगरमा फुटपाथको अतिक्रम हटाउन थालिएको छ । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो ।
संघीय सरकारको नेतृत्वमा बालेन्द्र शाह (बालेन) आएपछि स्थानीय तहहरुले अतिक्रमण हटाउन सुरु गरेका थिए । विराटनगर महानगरपालिकाले शुक्रबार बिहानबाट बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो । यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो ।

महानगर उपप्रमुख (उपमेयर) शिल्पा निराला कार्कीसहितको टोली शुक्रबार बिहान बजार क्षेत्रमा खटिएको थियो । महानगरपालिकाले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न आग्रह गरेको छ । सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान राख्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न निषेध गरेको छ ।
विराटनगर महानगरपालिकाले यसअघि पनि फुटपाथको अतिक्रमण हटाएको थियो । तर, अनुगमन नियमित नहुँदा व्यापारीहरुले फुटपाथमा व्यापारका सामग्री राखेका थिए । महानगरपालिकाले अब अटेर गरे फुटपाथमा राखिएका सामग्री जफथ गर्ने चेतावनी दिएको छ । फुटपाथ अतिक्रमण हटाउन थालिएको कार्कीले बताइन् ।
प्रतिक्रिया दिनुहोस !