भन्सार छलीका लाखौंका सामान बरामद, तस्कर फरार

भन्सार छलीका लाखौंका सामान बरामद, तस्कर फरार
सुन्नुहोस्

सुनसरी : भारतको बिहार राज्यबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका करिब ९ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । शुक्रबार बिहान करिब ४ः१० बजे सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्षाही क्षेत्रमा सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट खटिएको सशस्त्र प्रहरी टोलीले मोबाइल गस्तीका क्रममा उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक रमेशकुमार बोहोराको कमाण्डमा खटिएको १० सदस्यीय टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा दुई वटा मोटरसाइकलमा लोड गरिएका सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नम्बर ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले जानकारी दिए ।

nullबरामद सामानमा डबल बेडका तन्ना सेट १२० थान, वाइफाइ राउटर तथा चार्जर १०० थान, नक्कली गहना ३०० पिस र ४ बोरा सुर्ती रहेका छन् । ती सामानको अनुमानित मूल्य करिब ७ लाख ३० हजार रुपैयाँ रहेको छ । तस्करीमा प्रयोग गरिएका दुईवटा मोटरसाइकलको मूल्य करिब २ लाख रुपैयाँ आँकलन गरिएको छ ।

यससँगै बरामद सामान र सवारीसाधनको कुल मूल्य करिब ९ लाख ३० हजार रुपैयाँ पुगेको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । प्रहरी टोलीलाई देखेपछि सामान बोकेका व्यक्तिहरू मोटरसाइकल र सामान छाडेर फरार भएका छन् । बरामद गरिएका सबै सामान र मोटरसाइकल सीमा सुरक्षा गुल्म कप्तानगञ्जमा राखिएको र फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.