मोटरसाइकल दुर्घटनामा क्रिकेटर आदिल आलम घाइते
सिमराः बारामा राष्ट्रिय क्रिकेटर आदिल आलमको मोटरसाइकल दुर्घटना भएको छ। बरियारपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फको खलही पुलमा शुक्रबार दिउँसो आलमले चलाएको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा घाइते आलमको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ। मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवालले आलमको अवस्था सामान्य रहेको बताए।
आलमले चलाएको मोटरसाइकल खलही पुलबाट तल खसेको थियो। उनलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !