संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग

संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको संसद अधिवेशनको बैठक नै नबस्दै पुनः स्थगित गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सरकारकै सिफारिसमा बैठक नै नबस्दै स्थगन गर्नु संसदीय परम्परा, अभ्यास तथा संवैधानिक नैतिकताको प्रतिकूल कार्य भएको निष्कर्ष निकालेको हो। कांग्रेसले अविलम्ब संसद बैठक सुचारु गर्न र संसद स्थगनका वास्तविक कारणहरू सार्वजनिक गर्न माग गरेको छ। 

संसदलाई प्रभावहीन बनाउने र लोकतान्त्रिक मूल्यमान्यतालाई कमजोर पार्ने कुनै पनि प्रयासका विरुद्ध कांग्रेसले सदन र सडक दुवै माध्यमबाट सशक्त रूपमा आवाज उठाउने जनाएको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको क्षय मात्र होइन, यसको मर्म, संसदीय संस्कार र राजनीतिक नैतिकताको पालना अनिवार्य हुन्छ भन्ने कुरामा नेपाली कांग्रेस दृढ छ।’

विशेष कारण जस्तो अस्पष्ट आधारमा संसद स्थगन गर्नु र त्यसबारे नागरिकलाई स्पष्ट जानकारी नदिनु सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न खडा गरेको कांग्रेसले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.