ठूलो परिमाणको लागूऔषधसहित भारतीय नागरिक पक्राउ

ठूलो परिमाणको लागूऔषधसहित भारतीय नागरिक पक्राउ
सुन्नुहोस्

सुनसरी : सुनसरीको इटहरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शनिबार राति  इटहरी उपमहानगरपालिका–११ स्थित एक घरमा छापा मारी हाल सम्मकै ठुलो परिणामको लागू औषध बरामद गरेको छ।

इलका प्रहरी कार्यालय इटहरीका डिएसपी  शुवास हमालका अनुसार सो स्थानमा बस्दै आएका भारतको बिहार राज्य नरपतगंज स्थायी ठेगाना भएका २९ वर्षीय मोहमद सहनेवाजको कोठाबाट प्रतिबन्धित लागू औषध  ट्रामाडोल ५० हजार ५४० क्याप्सुल र  डाईसाईक्लोमिन ९ हजार ५२० ट्याब्लेट बरामद गरिएको गरि  कुल ६० हजार ६० पिस लागूऔषधसहित  उनलाई नियन्त्रणमा लिइएको हाे। पक्राउ परेका सहनेवाजलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको हमालले बताएका छन् ।

प्रहरीका अनुसार नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै भारतीय तस्करहरू नेपालका विभिन्न स्थानमा डेरा गरी बस्ने र लागू औषध कारोबारमा संलग्न हुँदै आएका छन्। सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले हालसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको दाबी गरे। यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले सुनसरी जिल्लामा 'स्वीप अपरेशन' सञ्चालन गर्दै आएको र त्यसकै क्रममा उक्त सफलता हात लागेको एसपी थेबेले जानकारी दिए।

प्रहरीले लागूऔषध विरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.