सफारी दुर्घटनामा चालकको मृत्यु

सफारी दुर्घटनामा चालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारी नगरपालिका–७ डाँगी टोलमा शनिबार राति सवारी दुर्घटना हुँदा सीटी सफारी चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार भित्री सडक हुँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–००२ ह २४८१ नम्बरको सफारी अचानक अनियन्त्रित भई राति करिब ८ः३५ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही स्थानका अन्दाजी ५० वर्षीय जयन्त बस्नेतलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषित गरिदिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । 

उनका अनुसार सवारीमा सवार बेलबारी–७ का २० वर्षीय दिनेश भुजेल भने सामान्य घाइते भएका छन् । उनको अवस्था खतरामुत्तर रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.