बुटवलमा अतिक्रमण गरी बनाइएका घर टहरामाथि चल्यो डोजर

बुटवलमा अतिक्रमण गरी बनाइएका घर टहरामाथि चल्यो डोजर
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

बुटवल : बुटवलमा सरकारी जग्गा अतिक्रमण गरी घर टहरा बनाएका संरचनामाथि डोजर चलाइएको छ । बुटवल उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर,बुटवल इजलासको स्वामित्वमा रहेका घरटहरामाथि आइतबार डोजर चलाइएको हो । 

त्यस क्षेत्रको सार्वजनिक जग्गा मिचेर वर्षौदेखि भोगाधिकार गर्दै आइरहेका व्यक्तिहरुलाई शनिबार राति बुटवल उपमहानगरपालिकाले माइकिङ गरेर घरटहरा खाली गर्न सार्वजनिक सूचना आह्वान गरेको थियो।

उपमहानगरपालिकाको सूचना लगत्तै बिहानैदेखि उपभोगकर्ताले सामानहरू सारेका थिए । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा स्रेस्ता कायम रहेको सरकारी जग्गा अञ्चलाधीश कार्यालय खारेज भएपछि नेपाल सरकारको निर्णयबाट उच्च अदालत तुलसीपुर, बुटवल इजलासलाई भोगाधिकारका लागि अधिकार दिइएको थियो । 

बुटवल उपमहानगरपालिका ४ अन्तर्गतका साबिक कित्ता नम्बर ३९६ (हाल कित्ता नम्बर ७,८,१२,६१,१३ र ४) को करिब २ बिघाह ५ कठ्ठा १४ धुर क्षेत्रफलमा निर्माण गरिएका घर टहरामाथि डोजर चलाइएको हो । 

यस क्षेत्रको जग्गा विगत एक दशकदेखि अतिक्रमित हुँदै आइरहेको थियो । पछिल्लो समय बुटवल उपमहानगरपालिकाले बुटवल क्षेत्रका फूटपाथ हटाउने अभियानलाई समेत कडाइका साथ कार्यान्वयन गर्दै आइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.