चट्याङ लागेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
विराटनगर : चट्याङ लागेर घाइते भएकी मोरङको धनपालथान गाउँपालिका–२ पैटाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
आइतबार बिहान करिब ८ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा वर्षा र हावाहुरीसँगै परेको चट्याङ उनलाई लागेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उद्धार गरी कोशी अस्पताल विराटनगर लगिएको थियो ।
तर उनकाे उपचारका क्रममा सोमबार बिहान मृत्यु भएकाे हाे । मृत्यु हुनेमा ३० वर्षीया भाल्सादेवी ऋषिदेव रहेकी मोरङ प्रहरीले जनाएको छ।
अवस्था अत्यन्तै नाजुक भएपछि थप उपचारका लागि श्री अस्पताल पठाइएको थियो। तर, स्वास्थ्य अवस्था सुधार नहुँदा अस्पतालले डिस्चार्ज दिएपछि उनलाई घर लगिएको थियो । घरमै पुगेपछि उनको अवस्था फेरि बिग्रँदै गएर मृत्यु भएको मोरङ प्रहरीका निमित्त सूचना अधिकारी, इन्स्पेक्टर लेखनाथ दाहालले बताए ।
इलाका प्रहरी कार्यालय रंगेलीलाई बिहान करिब ६ बजे आफन्तले मृत्युको जानकारी दिएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !