मुम्बईमा एउटै परिवारका चार जनाको मृत्यु, अनुसन्धान जारी

मुम्बईमा एउटै परिवारका चार जनाको मृत्यु, अनुसन्धान जारी
सुन्नुहोस्

भारत : भारत मुम्बईको पायधुनीमा एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । पायधुनी क्षेत्रमा बसोबास गर्दै आएका  एकै परिवारका चार जनाको एकै रात केही घण्टाको अन्तरमा झाडापखाला र बान्ताका कारण मृत्यु भएको हो । २५ अप्रिलमा परिवारले डिनर गरेपछि ढिलो राति तरबुजा खाएका थियो।

स्थानीय डाक्टरहरूले खाद्य विषाक्तता (फूड प्वाइजनिङ) मृत्युको कारण हुन सक्ने आशंका गरेका छन् । यद्यपि, पोस्टमार्टम रिपोर्ट अझै आएको छैन । त्यसैले मृत्युको ठोस कारण स्पष्ट भइसकेको छैन । प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ र खानासहित तरबुजाका नमुना परीक्षणका लागि लिएको छ । प्रहरीका अनुसार परिवारले केही आफन्तसँगै राति डिनर गरेका थिए । आफन्तहरू फर्किएपछि परिवारले करिब राति १ः३० बजे तरबुजा खाएको पाइएको प्रहरीले जनाएको छ ।  तर मृत्युको वास्तविक कारण अझै स्पष्ट छैन ।

यो परिवार पायधुनी क्षेत्रको ओल्ड मुगल बिल्डिङको पहिलो तल्लामा बस्दै आएको थियो । परिवारमा अब्दुल्लाह डोकाडिया (४० वर्ष), उनकी पत्नी नसरीन डोकाडिया (३५ वर्ष) र उनीहरूका दुई छोरी (१६ र १३ वर्ष) थिए । यीमध्ये तीन जनाको जेजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्थानीय डाक्टर जैद कुरैशीका अनुसार सानी छोरीको मृत्यु अस्पताल लैजाँदै गर्दा बाटोमै भएको थियो । त्यसपछि भोलिपल्ट बिहानै सबैलाई झाडापखाला र बान्ता सुरु भयो । त्यस क्रममा छिमेकीहरूले सहयोग गर्ने प्रयास गरेका थिए । डाक्टर जैद कुरैशी सोही भवनको चौथो तल्लामा बस्छन् । उनले तुरुन्तै बिरामीहरूको जाँच गरेका थिए ।

उनले भनेका छन्, ‘म त्यहाँ पुग्दा चारै जनाको अवस्था निकै गम्भीर थियो । सानी छोरीलाई सास फेर्न गाह्रो भइरहेको थियो, मैले तुरुन्तै सिपिआर दिएँ, तर अवस्था सुधारिएन। त्यसपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो ।’ उनका अनुसार अन्य तीन जनालाई स्थानीय अस्पताल हुँदै जेजे अस्पतालमा भर्ना गरिएको थियो, जहाँ केही घण्टा उपचारपछि उनीहरूको पनि मृत्यु भयो। पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारण निश्चित भन्न नसकिने डाक्टर कुरैशीले बताएका छन् । यसैबीच, स्थानीय एआईएमआईएम नेता तथा पूर्व विधायक वारिस पठानले घटनाको गम्भीर अनुसन्धानको माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत राज्य सरकार र प्रहरी प्रशासनलाई यस घटनामा ध्यान दिन र अनुसन्धान गर्न आग्रह गरेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.