बेलायत र बुल्गेरिया पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत र बुल्गेरिया पठाई दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने रौतहट राजपुर नगरपालिका–६ घर भएका २४ वर्षीय दिपककुमार जयसवाल र सर्लाही हरिपुर नगरपालिका–२ बस्ने ३५ वर्षीय मोहन कुमार थापा रहेका छन् ।
पक्राउमध्ये दिपकले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र मोहनले बुल्गेरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई काठमाडौं नागार्जुन नगरपालिका–८ बाट सोमबार र मोहनलाई काठमाडौं महानगरपालिका–६ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !