इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् कि छैनन् ? अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जवाफ

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी जीवित छन् कि छैनन् ? अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जवाफ
सुन्नुहोस्

अमेरिका : इरानले नयाँ सर्वोच्च नेताका रुपमा मोज्तबा खामेनीको नाम घोषणा गरेको लामो समय भइसकेको छ । तर, उनी अहिलेसम्म सार्वजनिक रुपमा देखिएका छैनन् । अमेरिकासँगको युद्धपछि एकाध पटक सार्वजनिक वक्तव्य सार्वजनिक गरेका खामेनी केहि अस्वस्थ रहेको खबरहरु समेत बाहिरिएका थिए । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको विषयलाई लिएर विश्वभर चासो छ ।

यसबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका सर्वोच्च नेताका विषयमा मुख खोलेका छन् । विदेशमन्त्री मार्को रुबियोले इरानको शक्ति ‘कट्टरपन्थी सोच’ भएका व्यक्तिहरूको हातमा रहेको टिप्पणी गरेका छन् । फक्स न्युजलाई दिएको अन्तर्वार्तामा रुबियोले भने, ‘धार्मिक सोच भएका कट्टरपन्थीहरू केवल इस्लामिक रिभोल्युसनरी गार्ड कोरका अधिकारीहरू मात्रै होइनन्, उनीहरू इरानको राजनीति र वरपरका सल्लाहकार परिषदहरूमा पनि संलग्न छन् ।’

यस अन्तर्वार्तामा रुबियोसँग सोधिएको थियो, ‘के तपाईलाई लाग्छ कि इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी जिउँदा छन् ?’ यसको जवाफमा उनले भने, ‘हो, हामीसँग उनी जिउँदा भएको संकेतहरू छन्, तर पुग्दो प्रमाण छैन । इरानले पनि उनी जिउँदो भएको दाबी गर्दै आएको छ ।’ आयतोल्लाह अली खामेनीको हत्या भएपछि सर्वोच्च नेता बनेका मोज्तबा खामेनीको कुनै भिडियो वा अडियो सार्वजनिक भएको छैन, केवल लिखित सन्देशहरू मात्र मिडियामा आएका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.