लागूऔषध ‘ब्राउन सुगर’ सहित ११ जना पक्राउ

लागूऔषध ‘ब्राउन सुगर’ सहित ११ जना पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

सुनसरी : कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएको लागूऔषध विरुद्धको विशेष ‘स्विप अप्रेसन’ अन्तर्गत प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। मंगलबार राति सुनसरी, झापा र पाँचथरमा गरिएको अभियानका क्रममा ब्राउन सुगरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाका अनुसार झापाको अर्जुनधारा नगरपालिका–११ मा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा–४ का सनम खड्का, अर्जुनधारा–५ का ध्रुवकुमार दनुवार र बिर्तामोड–३ का विश्च राजवंशी रहेका छन् । घटनास्थलबाट मे.१० प ९२९३ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको एसपी तिम्सिनाले बताए ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले कोशी गाउँपालिका–१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेलका–३ का प्रताप राई, त्रियुगा नगरपालिका–१२ का मोहमद इस्माइल र मोरङ कटहरी–४ का विवेककुमार मण्डल रहेका छन् ।

यसैबीच, इलाका प्रहरी कार्यालय धरानले धरान–११ बाट १ ग्राम ४५० मिलिग्राम ब्राउन सुगरसहित सन्देश लिम्बुलाई नियन्त्रणमा लिएको एसपी थेबेले बताए । पाँचथरको फिदिम नगरपालिका–१ बाट जिल्ला प्रहरी कार्यालय पाँचथरले ८६० मिलिग्राम ब्राउन सुगरसहित फिदिम–८ का अशोक गुरुङ र राजु तामाङलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
नेपाल–भारत खुला सीमाका कारण कोशी प्रदेशमा लागू औषध कारोबार चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ।

लागू औषध नियन्त्रणका लागि प्रदेशका १४ वटै जिल्लामा विशेष अभियान सञ्चालन गरिएको एसपी तिम्सिनाले जानकारी दिए। भारतबाट भित्रिने लागू औषध नियन्त्रणमा सक्रिय देखिएको कोशी प्रहरी धनकुटामा उत्पादन हुने गाँजा तस्करी नियन्त्रणमा भने अपेक्षाकृत कमजोर देखिएको छ। धनकुटाबाट दैनिक रूपमा सुनसरी हुँदै भारततर्फ हुने गाँजा तस्करीका कारण सुरक्षा चुनौती थपिएको प्रहरीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.