श्रमिक दिवस : स्वदेशमै रोजगारीको ग्यारेन्टी माग गर्दै मजदुरले निकाले र्‍याली

श्रमिक दिवस : स्वदेशमै रोजगारीको ग्यारेन्टी माग गर्दै मजदुरले निकाले र्‍याली
सुन्नुहोस्

काठमाडौं :मे दिवस अर्थात् १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइएको छ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । 

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएका छन् ।

दिवसका विभिन्न पार्टी निकट मजदुर सङ्गठनले काठमाडौंमा र्‍याली निकालेका छन् । त्यस्तै भक्तपुरमा नेमकिपा निकट मजदुरहरुले र्‍याली निकालेका थिए । उनीरूले स्वदेशमा नै उचित रोजगारीको ग्यारेन्टीको माग गरेका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरू भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।

नेपालमा पनि विराटननगरमा विस.२००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा श्रमिक दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.