इन्धन संकटले अमेरिकाको ‘स्पिरिट एयरलाइन्स’ को सबै उडान रद्द, ट्रम्पलाई ‘झट्का’

इन्धन संकटले अमेरिकाको ‘स्पिरिट एयरलाइन्स’ को सबै उडान रद्द, ट्रम्पलाई ‘झट्का’
सुन्नुहोस्

अमेरिका : इन्धन संकटका कारण अमेरिकी ‘स्पिरिट एयरलाइन्स’ ले सबै उडान रद्द गरेको छ । इन्धन संकटका कारण स्पिरिट एयरलाइन्सले क्रमवद्ध उडान घटाएको थियो । अमेरिकाको कम लागत विमान कम्पनी स्पिरिट एयरलाइन्सले सबै उडानहरू रद्द गरिएको जनाएको छ । कम्पनीले सम्भावित ह्वाइट हाउसको उद्धार योजना असफल भएपछि ‘क्रमबद्ध रूपमा सञ्चालन बन्द गर्ने’ प्रक्रिया सुरु गरेको थियो ।

एयरलाइन्सले शनिबार विहान विज्ञप्ती जारी गर्दै भनेको छ, ‘स्पिरिट एभिएसन होल्डिङ्स, इंक, स्पिरिट एयरलाइन्सको मूल कम्पनीले आज अत्यन्तै दुःखका साथ जानकारी गराउँछ कि कम्पनीले तत्काल प्रभावबाट क्रमबद्ध रूपमा सञ्चालन बन्द गर्ने प्रक्रिया सुरु गरेको छ । सबै स्पिरिट उडानहरू रद्द गरिएको छ । यात्रुहरू विमानस्थल नजान अनुरोध गरिन्छ ।’

तथ्यांक अनुसार, स्पिरिटसँग मे १ देखि मे १५ बीच ४,११९ घरेलु उडानहरू निर्धारित थिए, जसले ८,०९,६३८ सिट उपलब्ध गराउने थियो । दुई महिनाअघि सुरु भएको इरान युद्धका कारण जेट इन्धनको मूल्य दोब्बर भएपछि कम्पनीको पतन हुने अवस्था आएको हो । जसले हजारौं रोजगारीमा असर पर्नेछ । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पनि झट्का हो । जसले केही सल्लाहकार र रिपब्लिकन सांसदहरूको विरोधका बाबजुद स्पिरिटलाई जोगाउन ५०० मिलियन डलरको प्रस्ताव गरेका थिए ।

स्पिरिटले आफ्ना ऋणदाताहरूसँग एक सम्झौता गरेको थियो, जसले वसन्तको अन्त्य वा गर्मीको सुरुवातसम्म दोस्रो पटकको दिवालियापनबाट बाहिर निस्कन मद्दत गर्ने थियो । तर इरानसँगको अमेरिकी युद्धपछि जेट इन्धनको मूल्य बढेर योजनाहरू असफल भए, जसले कम्पनीको लागत अनुमान र दिवालियापनबाट बाहिरिने योजना दुवैमा बाधा पुर्‍यायो ।

स्पिरिट बोर्ड बैठक उद्धारबारे सहमति बिना टुंगिएको एक स्रोतले रोयटर्सलाई बताएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार ह्वाइट हाउसले स्पिरिट र यसको ऋणदातालाई अन्तिम उद्धार प्रस्ताव दिएको बताएका थिए । तर ५०० मिलियन डलरको वित्तीय प्याकेजमा सहमति नभएपछि वार्ता असफल भएको हो। स्पिरिटको पुनर्संरचना योजनामा २०२६ मा जेट इन्धनको मूल्य प्रति ग्यालन करिब २.२४ डलर र २०२७ मा २.१४ डलर रहने अनुमान गरिएको थियो । तर अप्रिलको अन्त्यसम्म मूल्य बढेर करिब ४.५१ डलर पुगेपछि नयाँ वित्तीय सहयोग बिना कम्पनी टिक्न नसक्ने अवस्था आयो ।

अमेरिकी यातायात मन्त्री सीन डफीले धेरै एयरलाइन्सलाई स्पिरिट किन्न आग्रह गरे पनि कुनै पनि इच्छुक पक्ष फेला नपरेको बताएका छन् । 
स्पिरिट जस्तो ठूलो अमेरिकी एयरलाइन्स विगत २० वर्षमा यसरी बन्द भएको थिएन । एक समयमा यसले अमेरिकी उडानहरूको करिब ५ प्रतिशत हिस्सा ओगट्थ्यो र सस्तो भाडा उपलब्ध गराउन सहयोग गर्थ्याे ।

यस पतनले इरान युद्धका कारण इन्धन मूल्यमा आएको उछालले कमजोर एयरलाइन्सहरूलाई कसरी असर गरिरहेको छ भन्ने देखाउँछ । विश्वभर एयरलाइन्सहरूले बढ्दो इन्धन खर्चका कारण भाडा बढाइरहेका छन् र केहीले उडानहरू पनि घटाइरहेका छन् । जर्मन लुफ्थान्साले हालै २०,००० उडान रद्द गरेको थियो भने भारतको एयर इन्डियाले पनि सबै उडानमा इन्धन शुल्क बढाउँदै दैनिक १०० उडान कटौती गर्ने घोषणा गरेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.