घरमा छापा मारेपछि मुख्यमन्त्री बानियाँले भने- मेरो व्यक्तिगत र सामाजिक चरित्रमाथि आघात पुग्यो
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले व्यक्तिगत एवं सामाजिक चरित्र माथि आघात पुगेको महसुस भएको बताएका छन्।
सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको थियो। अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको थियो।
त्यसलगतै मुख्यमन्त्री बानियाँले विज्ञप्ति निकाल्दै राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै पनि उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् छापा मारिएको प्रति आपत्ति जनाएका हुन्।
यस्तै राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !