ट्रम्पले होर्मुज नाकाबन्दी तोड्न युद्धपोत पठाए, स्थिति फेरि जटिल बन्दै

ट्रम्पको चेतावनी : इरानले अमेरिकी जहाजमा आक्रमण गरे पृथ्वीबाटै मेटाइने छ

ट्रम्पले होर्मुज नाकाबन्दी तोड्न युद्धपोत पठाए, स्थिति फेरि जटिल बन्दै
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले ‘स्ट्रिट होर्मुज’ को नाकाबन्दी तोड्न युद्धपोत पठाएका छन् । खाडी क्षेत्रमा आफ्ना चालक दलसहित फसेका सयौँ जहाजका लागि होर्मुज हुँदै सुरक्षित मार्ग खोल्ने उद्देश्यले टम्पले युद्धपोत पठाएका हुन् । यस कदमले इरानले आफ्नो नाकाबन्दी पुनः लागू गर्न खोजिरहेका बेला यी देशबीच फेरि पूर्ण युद्धको नजिक पुर्‍याएको छ ।

अमेरिकाको यो अभियान सोमबार सुरु भएको हो । जसलाई ट्रम्पले आइतबार राति आफ्नो सामाजिक सञ्जालमा ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएका थिए । यसले एक महिनादेखि अनिश्चित अवस्थामा रहेको द्वन्द्वलाई झन् चर्काएको छ । अभियान सुरु भएको केही घण्टापछि अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरले अमेरिकी सेनाले इरानका छ वटा साना डुङ्गा नष्ट गरेको र इरानी क्रुज मिसाइल तथा ड्रोनहरूलाई अवरोध गरेको बताए। उनले इरानी सेनालाई अमेरिकी सैन्य सम्पत्तिबाट टाढा रहन ‘कडा चेतावनी’ दिएका छन् ।

इरानले भने यी दाबीहरू तत्कालै अस्वीकार गरेको छ ।  उसले दुई अमेरिकी झण्डावाहक व्यापारिक जहाजहरूले सुरक्षित रूपमा जलडमरूमध्य पार गरेको भन्ने दाबी पनि नकारेको छ । उता अमेरिकी नौसेनाका निर्देशित मिसाइल बोकेका युद्धपोतहरू भने उल्टो दिशाबाट खाडी क्षेत्रमा गस्ती गरिरहेका छन् ।

तनाव बढ्दै जाँदा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले स्थिति सामान्य देखाउने प्रयास गर्दै इरानले केही आक्रमण गरे पनि ठूलो क्षति नभएको बताएका छन् । उनले दक्षिण कोरियाली मालवाहक जहाजमा भएको विष्फोट र आगलागी बाहेक अन्य क्षति नभएको दाबी गरेका छन् । तर, सोमबार फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले चेतावनी दिँदै भने, ‘यदि इरानले अमेरिकी जहाजमाथि आक्रमण गर्‍यो भने ‘पृथ्वीबाट नै मेटाइनेछ ।’ उनले शान्ति वार्तामा इरान केही लचिलो बनेको पनि दाबी गरेका छन् ।

इरानले भने अमेरिकी युद्धपोत नजिक आएमा आक्रमण गर्ने चेतावनी दिँदै, दुईवटा मिसाइल प्रहार गरेर एउटा अमेरिकी जहाजमा प्रहार गरेको दाबी गरेको छ । आइतबार ट्रम्पको घोषणापछि एक ट्यांकर जहाजमा अज्ञात वस्तुबाट आक्रमण भएको रिपोर्ट आएको थियो । त्यसपछि संयुक्त अरब इमिरेट्सले ओमानको तट नजिक एमभी बरकाह नामक तेल ट्यांकरमाथि इरानी ड्रोन आक्रमण भएको जनाएको छ, यद्यपि कुनै मानव क्षति भएन ।

युएईले आफ्नो आकाशीय क्षेत्रमा इरानबाट प्रक्षेपित तीन मिसाइल अवरोध गरेको र चौथो समुद्रमा खसेको पनि जनाएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि करिब ८५० जहाज खाडी क्षेत्रमा फसेका छन् । त्यसपछि इरानले होर्मुज हुँदै हुने विदेशी ढुवानीमा नाकाबन्दी लगायो र ट्रम्पले अप्रिल १३ मा प्रतिकारस्वरूप इरानी बन्दरगाह प्रयोग गर्ने जहाजहरूमा प्रतिबन्ध लगाए ।

अप्रिलमा पाकिस्तानको मध्यस्थतामा युद्धविराम भएको भए पनि जलमार्ग भने खुल्न सकेन । हाल करिब २०,००० नाविक विभिन्न जहाजमा फसेका छन् र उनीहरूको अवस्थाबारे चिन्ता बढिरहेको छ । अमेरिकी अभियानले प्रत्यक्ष सैन्य सुरक्षा नदिई, जहाजहरूलाई ओमानको जलक्षेत्र हुँदै सुरक्षित मार्ग निर्देशन दिने लक्ष्य राखेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.