साइबर ब्यूरोको नाम दुरुपयोग गरी ठगी गर्ने कार्यमा संलग्न ४ जना पक्राउ
काठमाडौं : साइबर ब्यूरोको नाम दुरुपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका-३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरीको धरान उपमहानगरपालिका-९ बस्ने २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका-६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन्।
उनीहरू उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
३