स्याङ्जामा बिपिसी सेवा अवरुद्ध, १३ हजार उपभोक्ता प्रभावित

स्याङ्जामा बिपिसी सेवा अवरुद्ध, १३ हजार उपभोक्ता प्रभावित
सुन्नुहोस्

स्याङ्जा : बुटवल पावर कम्पनी (बिपिसी) द्वारा बितरित बिद्युत सेवा शनिबारदेखि भीरकोट र वालिङ नगरपालिकामा अवरुद्ध भएको छ । बिद्युत सेवा अवरुद्ध भएसँगै चार दिनदेखि यहाँका १३ हजार उपभोक्ता÷ग्राहक प्रभावित भएका छन् । 

वालिङस्थित बिपिसीको मिर्दी सवस्टेशनमा रहेको ३३-११ के.भी) ३ एमभिएको ट्रान्सफर्मर अचानक बिग्रेकाले बैशाख २० शनिबारदेखि बिद्युत आपूर्ति पूर्णरुपमा बन्द भएको बिपिसी गल्याङ शाखा प्रमुख डोलप्रसाद खरेलले जानकारी दिए । कम्पनीले सूचना जारी गर्दै ट्रान्सफर्मर मर्मतका लागि करिब २५ दिन लाग्ने जनाएको छ । त्यति बेलासम्मका लागि काठमाडौंस्थित नेपाल बिद्युत प्राधिकरणसँग ३३÷११ के.भी.को ट्रान्सफर्मर उपलब्ध गराउन आग्रह गरेको छ ।  

शनिवार राति मेघगर्जनसहित पानी परेको र ठूलो आवाजमा पडकिएकाले चट्याङका कारण ट्रान्सफर्मरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । ट्रान्सफर्मर मर्मतका लािग बुटवल पठाइएको छ ।  दुई दिनदेखि विद्युत अवरुद्ध हुँदा सञ्चार सेवा, होटल ब्यवसाय, उद्योग, बैंक वित्तीय संस्था, शैक्षिक तथा सरकारी कार्यालय तथा घरायसी कामधन्दामा पनि प्रत्यक्ष मर्का परेको छ । अहिले कक्षा १२ को परीक्षा दिनेहरुसहित बिद्यार्थी मर्कामा परेका छन् । दुई पालिकाहरु वालिङ र भीरकोट क्षेत्रका हजारौं नागरिकहरु बिजुली सेवााट बञ्चित छन् ।  

बुटवल पावर कम्पनीको बिग्रिएको ट्रान्सफर्मर तत्कालै मर्मत नहुने भएपछि बिद्युत्त आपूर्तिको वैकल्पिक व्यवस्था गर्न बिद्युत्त प्राधिकरणसँग औंपचारिक छलफल चलिरहेको प्रमुख खरेलले बताए।  बिग्रिएको ट्रान्सफर्मर मर्मत गर्न झण्डै २५ दिन लाग्ने भएपछि विकल्पका लागि नेपाल विद्युत प्राधिकरणसँग सहयोग मागिएको हो । प्राधिकरणसँग ३ एमभीए क्षमताको ३३-११ केभी ट्रान्सफर्मर वा ५ एमभीएको एउटा ट्रान्सफर्मर २५ दिनका लागि माग गरिएको छ । ट्रान्सफर्मर उपलब्ध भए बुधबारसम्म विद्युत सेवा सुचारु हुनसक्ने कम्पनीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.